१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलको सडकमा रातको समयमा बाटो ढुकी लुटपाट गर्ने ३ जना पक्राउ



बुटवल । बुटवलको सडकमा रातको समयमा बाटो ढुकेर लुटपाटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत ८ गते मोटरसाईकल चलाएर गन्तब्य जाँदै गरेका खुमान सिंह अर्गालीलाई बुटवल उपमहानगपालिका-११ बुद्धनगर पुलमा मोटरसाईकल रोकी धारिलो हतियार चक्कु देखाएर मोबाइल र नगद लुट्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले अर्गलीबाट १ थान मोबाइल र नगद ५ हजार लुटेका थिए । अर्गलीले प्रहरीमा दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा बुटवल ११ देबीनगरबाट आदर्श हमाल, पदम बहादुर पुन मगर र अंकित बिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट अर्गलीको मोबाइल, १ थान फलामको चक्कु, काँडावाला पन्च बरामद भएको छ ।

उनीहरुमाथि चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ४९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा