२ असार २०८३, मंगलबार | June 17, 2026

सेयर बजारमा ३३.५७ अंकले उकालो



काठमाडौं । साताको बुधबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८० बिन्दुमा आएर रोकिएको छ ।  ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।

गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको बुधबार १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी जीवन विकास लघुवित्तको करिब ५ करोडको कारोबार भएको छ ।

सोमबारको १३ उपसूचकहरुमध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा उकालो लागेको छ।  बुधबारको लिबर्टी उर्जा, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जल विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ