१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

व्याट्री आयात प्रतिस्थापन गर्न आवास ग्रुपको नेपालमै व्याट्री उत्पादन सुरु



काठमाडौं । नेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर र सोलारमा प्रयोग हुने व्याट्रीहरु उत्पादन सुरु गरेको हो ।

नेपालमा सवारीसाधन लक्षित उद्योगहरु खुल्न थालेको समयमा आवास ग्रुपले पनि सवारीसाधन लक्षित व्याट्री उत्पादन शुरु गरेको ग्रुपले जनाएको छ । कम्पनीले आयात प्रतिस्थापन गर्न सक्नेगरी उत्पादन गर्न लागेको जनाउँदै बजारको माग धान्न सक्नेगरी उत्पादन गर्न लागेको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले जानकारी दिए ।

बजारमा ड्राई व्याट्रीहरु धेरै देखिन्छ तर, ड्राई व्याट्रीको तुलनामा जेल व्याट्री गुणस्तरीय र भरपर्दो हुने थैवको दावी छ । कम्पनीले नयाँ प्रविधिमा आधारित जेल तथा लिड एसिड व्याट्रीको उत्पादन गर्न सम्पूर्ण तयारी पुरा गरेको छ, अबको केही दिनमा नै बजारमा स्वदेशमै बनेको गुणस्तरिय व्याट्रीको उत्पादन उपलब्ध हुनेछ’, निर्देशक थैवले भने ।

थैवका अनुसार कम्पनीले ‘मिकासा र ओक्साइड ब्राण्ड’ को नाममा व्याट्री ल्याउन लागेको हो । मिकासा ब्राण्डका व्याट्री दुई पाङ्ग्रेको लागि र ओक्साइ ब्राण्डका व्याट्री तीनपाङ्ग्रे तथा अन्य साधनहरुमा प्रयोग हुनेछ ।

दुई पाङ्ग्रेमा प्रयोग हुने तथा इलेक्ट्रीक रिक्सामा प्रयोग हुने व्याट्रीमा दुई वर्षको वारेन्टी रहने छ । अन्यमा प्रयोग हुने व्याट्रीमा तीन वर्षको वारेन्टी उपलब्ध हुनेछ । यी व्याट्रीहरु मेन्टिनेन्स फ्रि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले निकट भविष्यमा नै इलेक्ट्रीक स्कुटरहरुमा प्रयोग हुने लिड एसिड व्याट्री उत्पादनको काम सुरु गर्नेसमेत जानकारी दिएको छ । कम्पनीले त्यसका लागि अध्ययन गरेर काम सुरुगर्ने र लिथियम आयन व्याट्री निर्माणको लागि अध्ययन गरिरहेको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा ग्लोबल सर्टिफाइड हेलमेट तथा लेगगार्ड बिक्री गरिरहेको छ । यति ब्राण्डका उच्चस्तरीय हेलमेट तथा मयुर ब्राण्डका लेगगार्डहरु कम्पनीले उत्पादन र बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : २५ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र