१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चलचित्र ‘बिहे पास’को टिजरमा बेरोजगारी समस्या



काठमाडौं । चलचित्र ‘बिहे पास’को प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्मको बुधबार टिजर रिलिज गरिएको छ । बुढा सुब्बा डिजिटलमार्फत यो टिजर दर्शकमाझ ल्याइएको हो ।

यो फिल्म आगामी १ वैशाख गते बाट रिलिज हुँदै छ । यस चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

बुधबार जारी गरिएको १ मिनेटको टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीका रूपमा प्रस्तुत गरिएको छ । टिजरमा प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको दृश्य प्रस्तुत छ । स्नातक गरेर पनि जागिर नपाउँदाको पीडा यो फिल्मको टिजरमा प्रस्तुत छ । टिजरले नेपालका युवा विदेश पलायन हुनुको कारण पनि दर्साएको छ ।

आरआर फिल्म प्रोडक्सनको निर्माण र वितरण रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । जसमा रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको छ ।

प्रवेश पौडेलको निर्देशन गरेको यो फिल्म रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा शिव ढकालले खिचेको फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत, डीपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ४६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान