२६ असार २०८३, शुक्रबार | July 11, 2026

चलचित्र ‘बिहे पास’को टिजरमा बेरोजगारी समस्या



काठमाडौं । चलचित्र ‘बिहे पास’को प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्मको बुधबार टिजर रिलिज गरिएको छ । बुढा सुब्बा डिजिटलमार्फत यो टिजर दर्शकमाझ ल्याइएको हो ।

यो फिल्म आगामी १ वैशाख गते बाट रिलिज हुँदै छ । यस चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

बुधबार जारी गरिएको १ मिनेटको टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीका रूपमा प्रस्तुत गरिएको छ । टिजरमा प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको दृश्य प्रस्तुत छ । स्नातक गरेर पनि जागिर नपाउँदाको पीडा यो फिल्मको टिजरमा प्रस्तुत छ । टिजरले नेपालका युवा विदेश पलायन हुनुको कारण पनि दर्साएको छ ।

आरआर फिल्म प्रोडक्सनको निर्माण र वितरण रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । जसमा रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको छ ।

प्रवेश पौडेलको निर्देशन गरेको यो फिल्म रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा शिव ढकालले खिचेको फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत, डीपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ४६ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा