९ भदौ २०८३, मंगलबार | August 25, 2026

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन



नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने संघर्ष, त्याग र बलिदानलाई मुख्य कथावस्तु बनाइएको चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ग्राण्ड प्रिमियर प्रदर्शन गरिएको छ । परिवारभित्रका भावनात्मक उतारचढाव र सन्तानका लागि सर्वस्व सुम्पिने बुवाप्रतिको समाजको दृष्टिकोणलाई विषयवस्तुमा उतारिएको पारिवारिक चलचित्रको चलचित्र पत्रकार संघ बाँकेको संयोजनमा नेपालगन्जबाट ग्राण्ड प्रिमियर प्रदर्शन थालिएको हो ।

कलाकारहरू दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी लगायतका कलाकारहरूको उपस्थितीमा नेपालगन्जको सिने रोयलमा गरिएको प्रदर्शनमा कलाकारहरुले चलचित्रको बारेमा निर्मम समीक्षा गरिदिन दर्शकहरुलाई आग्रह गरे । कलाकार, निर्माता र निर्देशकहरुले चलचित्रले दिन खोजेको सन्देशलाई जस्ताको तस्तै आम जनमानसमा लगिदिन आग्रह गर्दै चलचित्रबारे आफुलाई लागेको टिप्पणी जस्ताको तस्तै राखिदिन अनुरोध गरे ।

चलचित्रका निर्देशन एवम प्रसिद्ध संगीतकार हरि लम्सालले चलचित्रले नेपाली घरघरको कथालाई जस्ताको तस्तै उतार्ने प्रयास गरेको उल्लेख गरे । नेपालगन्जका दर्शकबाट नेपाली चलचित्रहरुले पाउँदै आएको अपार मायाका कारण नेपालगन्जमा नै पहिलो प्रिमियर प्रदर्शन गरिएको उनले बताए ।

आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने बिषय चलचित्रले देखाएको छ । आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको समेत चलचित्रले बुझाउन खोजेको छ ।

चलचित्र हेर्नेक्रममा एक विद्यार्थी किशोरी भक्कानिएर बेहोस बनेकि थिइन् । उनलाई सिनेरोयलका कर्मचारी र चलचित्र पत्रकार संघका पदाधिकारीले सहजिकरण गरेका थिए । पहिलो प्रदर्शन हेर्न पुगेका अधिकांस दर्शकहरुका आँखामा आँशु छचल्किएका थिए ।

‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउदैछ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ हरि लम्सालको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

फिल्म ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन्। शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्म आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

नेपालगन्जमा भएको रेड कार्पेट (ग्रान्ड प्रीमियर) कार्यक्रममा सहभागी दर्शकहरुले चलचित्रलाई मन पराइदिएको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ९ : ४७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त