२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रचण्ड र माधव नेपालबीच आज पनि भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा एकीकृत समाजवादीका अन्य नेताहरु पनि सहभागी छन् । राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न दुई दिन मात्र बाँकी छँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको उम्मेदवारलाई माओवादीले समर्थन नगर्ने निश्चित भएपछि माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यसपछि सक्रिय भएका नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

तर, माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने निश्चित जस्तै भएपछि नेपालले पावर सेयरिङमा आफ्नो भूमिकाबारे प्रश्न उठाउन थालेका छन् ।

यससँगै माओवादी, कांग्रेस, एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्यूँताउने र त्यसमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि पुनः सहभागी गराउने विषयमा छलफल हुन थालेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : २२ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन