१५ असार २०८३, सोमबार | June 29, 2026

प्रचण्ड र माधव नेपालबीच आज पनि भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा एकीकृत समाजवादीका अन्य नेताहरु पनि सहभागी छन् । राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न दुई दिन मात्र बाँकी छँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको उम्मेदवारलाई माओवादीले समर्थन नगर्ने निश्चित भएपछि माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यसपछि सक्रिय भएका नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

तर, माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने निश्चित जस्तै भएपछि नेपालले पावर सेयरिङमा आफ्नो भूमिकाबारे प्रश्न उठाउन थालेका छन् ।

यससँगै माओवादी, कांग्रेस, एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्यूँताउने र त्यसमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि पुनः सहभागी गराउने विषयमा छलफल हुन थालेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : २२ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि