१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पोखरामा रात्रिकालीन उडान : पर्यटन प्रवर्धनमा महत्वपूर्ण


११ फाल्गुन २०७९, बिहिबार  

481
Shares

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो ।

उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिन्छ । हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण गरिएको थियो । विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्र उडान हुँने गरेकामा रात्रिकालीन उडानले सहज बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।

“रात्रिकालीन उडान यहाँको पर्यटनका लागि पनि महत्वपूर्ण बन्ने छ”, उनले भने, “काठमाडौँमा विभिन्न कार्यालयीय एवम् अन्य काममा जाने पनि दिउँसो काम सकेर रातमा पोखरा फर्कने पाउनेछन् ।” अन्तर्राष्ट्रिय उडानबाट आएका व्यक्ति पनि रात्रिकालीन उडान भएसँगै काठमाडौं विमानस्थलबाट सिधैँ पोखरा आउन सक्ने उनले बताए ।रात्रिकालीन उडानले पोखरालाई आन्तरिक रुपमा पनि अन्य प्रदेशसँग जोड्न सहज हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन् ।“रात्रिकालीन उडानका लागि विभिन्न उडान कम्पनीले पनि आफ्ना कार्यतालिका राख्न थालेका छन्”, उनले भने, “यसले पोखराको पर्यटनमा विशिष्ट योगदान पुग्ने अपेक्षा गरेका छौंँ ।”

रात्रिकालीन उडानका लागि विमान कम्पनीले पनि आफ्नो तयारी सुरु गरेका छन् । पोखरामा हालसम्म दैनिक १० वटा उडान गरिरहेको बुद्ध एयरलायन्सले अरु दुई उडान थप गर्ने तयारी गरेको एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । “ पोखराबाट आगामी मार्च ९ बाट रात्रिकालीन उडान गर्ने हाम्रो तयारी छ”, उनले भने, “हालका लागि राति ८ बजेसम्म उडान सञ्चालन गर्ने योजनामा छौँ । ”

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ३ : ३१ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका