१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई जरिवाना तिराएर छाडियो



बुटवल । रुपन्देहीका बिभिन्न नदिहरुमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अबैध नदिजन्य पदार्थ उत्खनन नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही देवदह नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सुद्धोधन गाउँपालिकाबाट अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा १३ थान सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले ९ वटा ट्याक्टर ३ वटा जेसीभी र १ वटा टिप्पर गरी जम्मा १३ वटा सवारी साधनहरु नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडेको रुपन्देही प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका साधनका धनीहरुबाट स्थानिय निकायहरुमा मार्फत २ लाख ६८ हजार जरिवाना असुल भएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका साधनलाई सम्बन्धित स्थानीयतहमा बुझाएकोमा स्थानीयतहले जरिवाना तिराएर सवारीसाधन छाडेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ४३ बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष