७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

सञ्चालनमा नआउँदै बिग्रियो रारा तालकाे मोटरबाेट



मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रोत साधनहरू जुटाइन्छ, तर त्यसको नतिजा भने राम्रो देखिँदैन ।

पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट करिब पूर्णरुपमा सञ्चालनमा नआउँदै बिग्रेर रारातालको छेउमा थन्किएको छ ।

दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बोट सञ्चालन नआउँदा  रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बोट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

विशेष गरेर उक्त मोटर बोट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबोट ल्याइएको थियो ।

गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबोट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उनको सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबोट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गरेपछि संचालनको प्रयास स्वरुप स्टोरबाट निकालिएको थियो ।

मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट  हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेको डुंगा नाईके राजेश रावलले जानकारी दिए ।  उक्त बोट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : २६ बजे

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि

रविलाई संसद्को अवहेलनामा कारवाही गर्न धनराजले दिए सभामुखलाई निवेदन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको

सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा दुई

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र