३ पुस २०८२, बिहिबार | December 18, 2025

चीनद्वारा युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड



बेइजिङ । चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा सङ्कटको राजनीतिक समाधान खोज्न युक्रेन र रुसलाई आह्वान पनि गरेको छ । दुवै देशले अविलम्ब शान्ति वार्तामा बस्नुपर्नेमा जोड दिँदै बेइजिङले आणविक हतियारको प्रयोग नगर्न दुवै पक्षलाई सचेत गराएको छ ।

युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो १२ बुँदे धारणा सार्वजनिक गर्दै चीनले शान्ति वार्तामा जोड दिएको हो । अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने जनाएको छ ।

सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गर्दै बेइजिङले सबै पक्षलाई तनाव घटाउनेतर्फ लाग्न सुझाएको छ । सबै पक्षले रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र यथाशक्य चाँडो वार्ता पुनः सुरु गर्न सघाउनुपर्ने बताएको छ । युद्धविराममा पुग्न त्यो सहयोगी हुने विश्वास बेइजिङले व्यक्त गरेको छ ।

नागरिक संरचना र सुविधामा आक्रमण गर्न नहुने, महिला, बालबालिका र द्वन्द्वका अन्य पीडितहरूको सुरक्षा गरिनुपर्ने युद्ध बन्दीका मौलिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै चीनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ननहुने बताएको छ । साथै उसले आणविक हतियारको धम्की वा प्रयोगको विरोध गर्दै आणविक सङ्कट निम्तिन नदिनेमा सबै चनाखो हुनुपर्ने बताएको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ३८ बजे

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र