काठमाडौं । चुनाव पूर्वको गठबन्धनभित्रका चार दलको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा लामो छलफल भएको छ । यद्यपी,दलहरुबीच अझै सहमति जुट्न बाँकी रहेको छ ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले आजै साँझ ५ बजे फेरि बैठक बस्ने बताएका छन् ।
सो बैठकबाट राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति भएको थापाले बताए । ‘यसबीचमा आआफ्नो पार्टीभित्र आन्तरिक छलफल गछा’ थापाले भने ।
बैठकमा नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।



















प्रतिक्रिया