७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने ८ दलको निर्णय

नयाँ राजनीतिक यात्रा सुरुवात भयो : प्रचण्ड



काठमाडौं, १२ फागुन । सरकारको नेतृत्व गरेको नेकपा माओवादी, नेपाली कांग्रेससहित ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको दलहरुको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई सबै दलहरुले समर्थन गरेका थिए । यसअघि राष्ट्रपतिमा आफ्नो समेत दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादीले समेत प्रचण्डको प्रस्तावलाई समर्थन गरेपछि सबै दलहरुबीच समर्थन जुटेको थियो ।

बैठकमा चुनाव पूर्वको गठबन्धनका पाँच दल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए ।

बैठकमा प्रचण्डले आजैबाट नयाँ राजनीतिक यात्रा सुरुवात भएको बताएका थिए । बैठकपछि एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भने, ‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो । ’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज