७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको सरकारबाट बाहिरिने तयारी, शनिबारको बैठकले निर्णय गर्ने



काठमाडौँ । राष्ट्रपति पद एमालेले नपाउने निश्चित जस्तै बनेपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन नगरे सरकार छाड्ने चेतावनी दिएर बालुवाटारबाट निस्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने सचिवालय बैठकबाट निर्णय गराएर सरकारबाट बाहिरिने तयारी गरेको छ ।

शुक्रबार दिउँसो प्रचण्ड र ओलीबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने कुरा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई सुनाएर बालुवाटारबाट निस्केका थिए ।

ओलीले सरकार छाड्ने जानकारी दिएको कुरा प्रधानमन्त्री प्रचण्डले ७ दलको साँझ बसेको बैठकमा जानकारी दिएका थिए ।

भोलि बस्ने तय भएको सचिवालयको बैठकबाट एमाले सरकारबाट बाहिरिने निर्णय गर्ने आंकलन गरिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार प्रदेश नमबर १ को एक कायृक्रममा आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने र त्यसले राजनीतिक कोर्स परिवर्तन हुन सक्ने बताएका थिए । आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने पनि उनले बताएका थिए ।

सरकारमा रहेका अन्य दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रधानमन्त्रीले भोलि बिहान निर्णायक छलफल गर्ने तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५९ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको