१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पढाईमा अव्वल देखिएको कालिका मानवज्ञान खेलकुदमा भने ‘फर्जी’ र ‘जालीझेली’



बुटवल । शिक्षा क्षेत्रमा नेपालमै नाम कमाएको बुटवलको कालिका मानवज्ञान मावीले खेलकुद क्षेत्रमा भने बदनामी कमाउन थालेको छ । विगत लामो समयदेखि लगातार बुटवलमा रनिङशिल्ड जित्दै आएको कालिकाले २९ औ पटक राष्ट्रपति रनिङ शिल्डकालागि भएको नगरस्तरीय छनौट खेलमा भने बाहिरी खेलाडी खेलाउने देखि निर्णायकहरुलाई प्रभावमा पार्ने सम्मको काम गरेको फेला परेको छ ।

कालिकाको पछिल्लो पर्दाफास जतिबेला भएको छ जतिबेला फुटबल प्रतियोगितामा तोकिएको मापदण्ड भन्दा बढी उमेरका र बाहिरी विद्यालयका खेलाडी खेलाएको पुष्टी भएपछि कालिका कारवाहीमा परेको छ ।

फुटवल प्रतियोगितामा बढी उमेका खेलाडी समावेश गर्ने देखि बाहिरी खेलाडीलाई खेलाउको उजुरीका आधारमा कालिका मानव ज्ञान मावि र समिट बोर्डिङ स्कुललाई कारवाही गरिएको जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले बताए ।

‘प्रतियोगितामा १८ वर्ष ननाघेको (२०६१ साल फागुन १० गते) भित्र जन्म मिति भएका विद्यार्थीहरु मात्र खेल्न पाउने प्रावधान रहेपनि ती कालिका सहित समिटले बढी उमेर भएका र सम्बन्धित विद्यालयमा अध्ययन नगर्ने खेलाडी समावेश गरेको अध्यक्ष क्षेत्रीले बताए । कालिका मानव ज्ञानका खेलाडीहरु २०६० साल जन्म मिति रहेका ३ जना विद्यार्थीहरु समावेश गरेको उजुरी परेपछि छानबिनको क्रममा प्रमाणित भएपछि कारवाही गरिएको उनले बताए ।

फागुन १० गते भएको कालिका मावि र स्कलर्स होम बोर्डिङ स्कुल बीचको खेलमा कालिकाले ३ जना खेलाडी उमेर हकभन्दा बढी उमेर नाघेका खेलाएका थिए ।

प्रमाण पुष्टी गर्न पेश गरेको प्रमाणमा २०६० मा जन्मेको एक विद्यार्थीको जन्मदर्तालाई सच्याएर २०६२ बनाउँदा प्रमाणपत्र जारी गरेको मिति भने २०६१ लाई सच्याउन छुटेपछि उमेरमा किर्ते गरेको खुलासा भएको हो ।

यसअघि एन्फा एकेडेमीमा भएको खेल अन्तर्गत १०० मिटर दौडमा तेस्रो स्थानमा आएका त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थी दिपक थापालाई पक्षपातपूर्ण तरिकाले फल्ड भएको भन्दै जबर्जस्ती कालिका माविका विद्यार्थीलाई विजयी घोषणा गरेपछि विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

दौड प्रतियोगितामा कुनै फल्डबिना तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई एम्पायरले विजयी घोषणा गरेरपनि पछि पुनः फल्ड भएको भन्दै कालिकालाई तेस्रो स्थान घोषणा गरेपछि सहभागी विद्यालयका विद्यार्थीहरु आक्रोशित भएका थिए ।

बुटवल नगरस्तरिय राष्ट्रपति रनिङशिल्डमा त प्रतियोगितमा भाग लिने कालिकाका खेल शिक्षक हरिबहादुर ओलीलाई नै आयोजक समितिको उपसंयोजक बनाएर उभ्याइएको थियो ।

उता कालिका माविका खेल शिक्षक ओलीले पछिल्लो फुटवल प्रतियोगितामा आफुहरुलाई उमेर हद र राष्ट्रपति रनिङशिल्डका बारेमा जानकारी नदिइएको दाबी गरे । उनले नियमित अध्यनरत खेलाडी समावेश गरिदिन आग्रह आए अनुरुप विद्यालयले खेलकुदमा भाग लिएको बताए । ‘सामुदायिक विद्यालयको प्रगती देख्न नचाहनेहरुले कालिकामाथि प्रहार गरिरहेका छन्, जसरीपनि संस्थागत बिद्यालयले जित्नुपर्छ भन्नेहरुबाट यस्तो काम भएको छ ।’ उनले भने ।

२०१८ सालमा स्थापना भएको यो विद्यालय २०७५ सालमा मानवज्ञान माविसँग मर्जर भएपछि कालिका मानवज्ञान भएको हो । यहाँ ६ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन । कालिका माबि पढाइमा देशकै उत्कृष्ट सामुदायिक विद्यालयकारुपमा चिनिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ५० बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका