२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेम्वाङलाई उम्मेदवार बनाएपछि ओलीले भने, ‘२५ गते थाहा पाउनु हुन्छ’



काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास ब्यक्त गरेका छन ।

आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिवाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पुर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत ब्यक्त गरेका छन् ।

‘हाम्रो उम्मेदवार दाउ पेचको होइन, पुस १० गते नै टुंगो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौं,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं, वचनबाट कोही पनि पछि हट्न सक्दैन, ।’

८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बाेलाइएको मात्र टिप्पणी गरेका छन । ‘प्रचण्डजीले समर्थन कसरी भन्नुभयो ? कँही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ’ उनले संक्षिप्तमा भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : ०४ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण