२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेम्वाङलाई उम्मेदवार बनाएपछि ओलीले भने, ‘२५ गते थाहा पाउनु हुन्छ’



काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास ब्यक्त गरेका छन ।

आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिवाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पुर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत ब्यक्त गरेका छन् ।

‘हाम्रो उम्मेदवार दाउ पेचको होइन, पुस १० गते नै टुंगो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौं,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं, वचनबाट कोही पनि पछि हट्न सक्दैन, ।’

८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बाेलाइएको मात्र टिप्पणी गरेका छन । ‘प्रचण्डजीले समर्थन कसरी भन्नुभयो ? कँही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ’ उनले संक्षिप्तमा भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : ०४ बजे

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा