२७ असार २०८३, शनिबार | July 11, 2026

प्रभु साहको आम आदमी पार्टीले पौडेललाई समर्थन गर्ने



काठमाडौं । प्रभु साह नेतृत्वको आम आदमी पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ ।

सो पार्टीका प्रचार बिभाग प्रमुख चन्द्रभुषण साहले साँझ एक बिज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन ।

‘नेपालको राजनीतिमा बिगतमा भए गरेका घटना परिघटना एबम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने बिषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार बिभाग प्रमुख साहले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतिक बनि देश र जनताको सर्बोपरी हित बमोजिम आफनो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एबम बिश्वाससहित जीतको अग्रिम बधाई एम शुभकामनासमेत ब्यक्त गर्दछु ।’

आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ ।

पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिईसकेका छन।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : १७ बजे

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त