४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

प्रभु साहको आम आदमी पार्टीले पौडेललाई समर्थन गर्ने



काठमाडौं । प्रभु साह नेतृत्वको आम आदमी पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ ।

सो पार्टीका प्रचार बिभाग प्रमुख चन्द्रभुषण साहले साँझ एक बिज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन ।

‘नेपालको राजनीतिमा बिगतमा भए गरेका घटना परिघटना एबम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने बिषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार बिभाग प्रमुख साहले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतिक बनि देश र जनताको सर्बोपरी हित बमोजिम आफनो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एबम बिश्वाससहित जीतको अग्रिम बधाई एम शुभकामनासमेत ब्यक्त गर्दछु ।’

आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ ।

पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिईसकेका छन।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : १७ बजे

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय