४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा अखिल क्रान्तिकारीबाट खवास उठ्ने



बुटवल । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले बुटवल बहुमुखीको सभापतिमा शिव खवासलाई उम्मेदवार बनाउने भएको छ ।

अखिल(क्रान्तिकारी) मुल इकाई समितिको पाँचौ बैठकले खवासको नाम सर्वसम्मत निर्णय गर्दै उम्मेदवारका लागि केन्द्रलाई सिफारिस गरेको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि अखिल क्रान्तिकारीका नेता अनुप पोख्रेलले अखिल क्रान्तिकारी अन्य बिध्यार्थी संगठन भन्दा फरक र बलियो संगठन भएको दाबी गरे । उनले बिगतमा पनि क्याम्पसलाई व्यबस्थित बनाउन अखिल क्रान्तिकारीको मुख्य भुमिका रहेको बताए ।

त्यस्तै बिशिस्ट अतिथी टेकराज रेग्मीले पनि स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले बिशेष र बिध्यार्थीले प्रत्येक्ष लाभ लिने बिषयलाई ऐजेण्डा बनाएर अगाडि बढे निर्वाचन जित्ने निश्चित रहेको बताए।

बैठकमा केन्द्रिय सदस्य तथा स्ववियु बिशेष ईन्चार्ज टेकराज रेग्मी, माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाल तथा अखिल क्रान्तिकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ३२ बजे

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार