२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्ववियू निर्वाचन​​



बुटवल । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । उच्च अदालत तुलसीपुरको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो ।

गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलले स्ववियू निर्वाचनको मिति तोक्न उत्प्रेरषणयुक्त आदेश दिएको थियो ।

क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते निर्वाचन हुनेछ । क्याम्समा चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

अदालतको आदेशअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए । गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगन गरेपछि क्याम्पसविरुद्ध रिट निवेदन परेको थियो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशन बाँकी रहेको निर्वाचन सम्पन्न गर्न परिपत्र समेत गरेको थियो । स्ववियू चुनाव देशभर गएको चैत ५ गते भएको थियो । छिटपुट विभिन्न मितिमा हुँदै आएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व स्ववियू सचिव एवं नेकपा एमाले रुपन्देहीका विद्यार्थी फाँट प्रमुख यम पाण्डेले विद्यार्थी हक हित र अधिकारको संरक्षण गर्न, योग्य नेतृत्व उत्पादन र स्थापित गर्न स्ववियु कोशेढुंगा रहेको बताए ।

‘विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने खेलमा राजनीतिक दलहरू लाग्न हुन्न’ उनले भने । स्वच्छ निर्वाचनका लागि दलहरूले सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना विद्यार्थी संगठनहरू परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १० : ११ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री