२९ भदौ २०८३, सोमबार | September 14, 2026

त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियू निर्वाचन, ७९ वर्षीय दीनानाथ शर्माले गरे पहिलो मतदान



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भैरहेको छ ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिलो भएको छ । नेकपा (माओवादी केन्द्र)का सचिव एवं बौद्ध अध्ययन केन्द्रका तेस्रो सेमेस्टरका विद्यार्थी ७९ वर्षीय दीनानाथ शर्माले पहिलो मतदान गरेका छन् ।

निर्वाचनमा नेविसंघबाट दीपक जोशी, अखिलबाट सिद्धान्त भट्ट, अखिल क्रान्तिकारीबाट प्रवीन दाहाल र स्वतन्त्रमा पद्मा भुसाल र उज्ज्वल खड्काले उम्मेदवारी दिएका छन् ।

चैत ५ गते हुनुपर्ने निर्वाचन चैत ८ गतेका लागि सारिएको थियो । तर उच्चअदालत पाटको अल्पकानीन अन्तरिम आदेशका कारण सो दिनको निर्वाचन स्थगित गरिएको थियो । तर गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश जारी गरेपछि आजका लागि मतदान तोकिएको हो ।

केन्द्रीय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : १६ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका