२८ असार २०८३, आइतबार | July 12, 2026

खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्वजनिक



खोटाङ । खोटाङ उद्योग बाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्वको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

शनिबार आयोजित २५ औं साधारणसभा तथा ११ औं अधिबेसन उद्घाटन-सत्रमा बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा आकाश–पातालको फरक रहेको तथ्यांक सार्वजनिक गरेका हुन् । विदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्वले जिल्लाको अर्थतन्त्र चलायमान बनाइरहेको अध्यक्ष राईले बताए । उनका अनुसार जिल्लामा वार्षिक १५० करोडको मदिरा भित्रिने गरेको छ ।

अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर लगायतले जिल्लाको निर्यातलाई धानिरहेको अध्यक्ष राईले उल्लेख गरे ।  ‘वार्षिक झण्डै १५० करोडको मदिरा, सय करोडको खानेतेल, १३० करोडको खानेतेल, १३० करोडको दालचामल, १९० करोडको चाउचाउ बिस्कुट, १५० करोडको कपडा जुत्ता, ६० करोडको मोबाईल कम्प्यूटर, ५० करोडको इन्टरनेट रिचार्ज, ६० करोडको इन्धन, ३० करोडको श्रृंगार कस्मेटिक, तीन सय करोडको निर्माण सामग्री लगायत १५ अर्वभन्दा बढीको वस्तु तथा सेवा आयतमा खर्च हुन्छ,’ अध्यक्ष राईले भने ‘अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर–काठ लगायत सिमित वस्तुहरु मात्र २५ करोडको हाराहारीमा जिल्ला बाहिर निकासी हुने आँकडा छ ।’

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सिमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलव्ध रोजगारीको हिस्सा ठूलो रहेको जनाएको छ ।

‘प्राकृतिक श्रोत साधनले सम्पन्न भए पनि पुर्वाधार अभाव र योजनागत विकासको काम सुस्त हुँदा विकास र आर्थिक सुचकमा पछाडि देखिएको छ । उत्पादनमुलक उद्योग, पर्यटन क्षेत्रको विकास हुन नसक्दा जनसंख्याको ठूलो हिस्सा परम्परागत निर्वाहमुखी खेती प्रणालीमै आवद्ध हुन बाध्य छन्,’ अध्यक्ष राईले भने, ‘युवा जनशक्ती वैदेसिक रोजगारमा गई उनीहरुद्धारा पठाइने वार्षिक १० अर्ब रेमिट्यान्सबाट नै जिल्लाको अर्थतन्त्र चलायमान भएको देखिन्छ ।’

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सिमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलव्ध रोजगारीको हिस्सा ठूलो रहेको उनले जानकारी दिए । जिल्लामा जनताको ठूलो हिस्सा उपभोगमा खर्च हुने तथ्य देखिन्छ ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ३८ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै