६ श्रावण २०८३, बुधबार | July 22, 2026

पोखरामा असिना सहितको वर्षा, दिउँसै भयो अन्धकार



पोखरा । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ।

दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।

यस अघि  पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने  त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो।

लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए ।  उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ ।

असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाई छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ३५ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय