८ पुस २०८२, मंगलबार | December 23, 2025

सत्ता केन्द्रित फोहरी खेलले मुलुक अस्थिरतातर्फ : कमल थापा



काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन् ।

‘चुनाव अघि एउटा गठबन्धन , चुनाव पछि अर्को गठबन्धन , दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ रु’ भनी प्रश्न गर्दै जनतामा बितृष्णा मात्र नभई दल र नेताहरु प्रती घृणा उत्पन्न भएको समेत थापाले बताए ।

काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपालप्रति सकारात्मक धारणाको विकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ४४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत