३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा



काठमाडौं । राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

अहिले काठमाडौंमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गरे । काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।

सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ । अबको एक-दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ५४ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र