१७ बैशाख २०८१, सोमबार | April 29, 2024

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा



काठमाडौं । राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

अहिले काठमाडौंमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गरे । काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।

सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ । अबको एक-दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ५४ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक