२७ असार २०८३, शनिबार | July 11, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन-२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेपछि चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा पुनः लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यसैको तयारीबारे आजको बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए । उनका अनुसार फेरिएको राजनीतिक समीकरण र सरकारलाई दिएको समर्थनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : १८ बजे

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप