४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन-२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेपछि चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा पुनः लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यसैको तयारीबारे आजको बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए । उनका अनुसार फेरिएको राजनीतिक समीकरण र सरकारलाई दिएको समर्थनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : १८ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि