२५ श्रावण २०८३, सोमबार | August 10, 2026

लमजुङमा पनि अफ्रिकन स्वाइन फिभरको संक्रमण, ७८ बंगुर मरे



लमजुङ । लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो ।

बेसीशहर नगरपालिका ६ र ८ मा बंगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

दुवै वडाका चारवटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यवसायिक रुपमा पालिएका बंगुर स्वाईन फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ ।

संक्रमण फैलिन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरु अपनाउने तथा बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र बंगुरहरु मरेमा राम्रोसँग खाडलमा गाड्न समेत पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

बेसीशहर ८ स्थित पालिएका बंगुरहरु मर्न थालेपछि परीक्षणका लागि नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा।रुपेश श्रेष्ठले वताए ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावना अत्यधिक रहने पशु कार्यालय प्रमुख डा। श्रेष्ठको भनाई छ ।

बगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने हुदाँ यस्ता लक्षण देखिएमा सम्वन्धि स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ५२ बजे

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान