४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रपतिमा पौडेल विजयी हुने : अध्यक्ष नेपाल



सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन ।

पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताए ।

पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए ।

आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको उनको भनाइ थियो । उनले भने, “२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढाल्यौ, माओवादी सशस्त्र द्वन्दमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौ २०६२/६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ । त्यसैले हामीबिना यो देश चलाउछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।”

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : ४२ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका