२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

पेरिस ओलम्पिकका लागि महिला खेलाडीको प्रशिक्षण १९ फागुनबाट



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको लागि नेपालको महिला टोलीको प्रशिक्षण १९ फागुनबाट सुरू हुने भएको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरे पछि प्रशिक्षण भने १९ पफागुनवाट सुरू गरिने भएको हो । प्रारिम्भक टोलीको बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।

मुख्य प्रशिक्षक अनन्तराज थापाका अनुसार सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू नेपालमा हुँदैछ । उनका अनुसार नेपाल टोलीले अफगानिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । जसअनुसार  नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा भियतनामसँग खेल्नेछ ।

प्रारम्भिक महिला टोली

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, सरु लिम्बु, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, र सारा बज्राचार्य

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ०८ बजे

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम