२६ बैशाख २०८१, बुधबार | May 8, 2024

अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध



लमजुङ । लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिवन्ध लगाइएको छ । बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सोमवार सुचना जारी गरी घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाईन फिभर संक्रमणले छोटो समयमा नै महामारीको रुप लिन सक्ने भएकाले वंगुर ओसारपोसारमा रोक लागएको हो ।

उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसारपोसार गर्न प्रतिवन्ध लगाईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए ।

यस रोगको संक्रमण बेसीशहर नगरपालिका वडा नं. ६ र ८ मा देखिएको छ । दुवै वडाका विभिन्न फार्ममा पालिकाएका वंगुर मर्न थालेपछि प्रयोगशाला परिक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको पशुचिकित्सक डा.श्रेष्ठले वताए । उनका अनुसार उक्त रोगको संक्रमणबाट हालसम्म ८० वटा बंगुर मरेका छन् ।

रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा ओसारमा रोग लगाइएको र स्वाइन फिभर पुष्टि भएका क्षेत्रमा जैविक सुरक्षाका विधिहरु अपनाउन भनिएको पशुचिकित्सक डा. श्रेष्ठले बताए  ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : १४ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार