३ आश्विन २०८३, शनिबार | September 19, 2026

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा



भैरहवा । रुपन्देहीको जिल्ला अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवाको सेवा सुरु भएको छ । सेवा विस्तार गर्दै गइरहेको अस्पतालले यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु गरेको हो ।

२ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा ३२ स्लाइसको सिटी स्क्यान मेसिन र ब्लड बैंक सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पन्थीले वर्षौंको इतिहास बोकेको सिद्धार्थनगरको गौरवको रुपमा भीम अस्पताल रहेको बताउँदै कोरोनाकालमा यस अस्पतालले प्रदेश सरकारलाई गुन लगाएको बताए ।

सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताउँदै उनले प्रदेश सरकारले अस्पतालका लागि चाहिने आवश्यक न्यूनतम जनशक्ति उपलब्ध गराउनमा कमि नगर्ने र प्रदेश सरकारले यो अस्पताललाई प्रथामिकता दिँदै उल्लेखीय बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताए ।

हालै मात्रै करिब ४० लाखको लगानीमा लायन्स भिडियो एक्सरे र इसीजी सेवा सुरु गरेको अस्पतालले बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालका अध्यक्ष नरायण भण्डारीले बताए ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १ : ३० बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग