२ पुस २०८२, बुधबार | December 18, 2025

स्पोर्टस अवार्डका चार विधाको खेलाडी मनोनयन



काठमाडौं । खेल क्षेत्रबाट अतुलनिय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी प्रशिक्षक एवम् खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्र्गत विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवार्डअन्तर्गत वर्षको सर्वक्षेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यसैगरी महिलातर्फ क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् । युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी र प्रिति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जन छन् ।

प्रशिक्षकतर्फ फुटबलका अब्दुल्ला अल्मुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीस भट्ट मनोनयनमा परेका छन् । यही फागुन २३ गते हुने १९औँ संस्करणको उक्त अवार्डमा विभिन्न नौ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ ।

पल्सर स्पोर्टस अवार्डअन्र्गत लाइफटाइम एचिभमेन्ट , पारा एथलिट, स्पेशल र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड भने कार्यक्रमकै दिन घोषणा गरिने आयोजक मञ्चका कार्यबाहक अध्यक्ष नीराजन अधिकारीले जानकारी दिए। अवार्डमा वर्ष पुरुष, महिला, पिपल्स च्वाइस, युवा र वर्ष प्रशिक्षकको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधा विजेता खेलाडीले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ४ : १० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल