४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

प्रदेश १ को नामाकरण गर्ने तयारी, ‘कोसी’ नाममा दलहरु सहमति नजिक



विराटनगर । पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशसको नामाकरण हुन नसके पनि दोस्रो कार्यकालको सुरुमै प्रदेश १ ले नाम टुंग्याउने गृहकार्य तिब्र बनेको छ । ।

प्रदेशको नामाकरणका विषयमा दलहरुबीच एक प्रकारको सहमति बनेका कारण प्रदेशसभाको बैठकमा आजै नाम टेबल गर्ने बताइएको छ ।

स्रोतका अनुसार दलहरुले साझा सहमतिको रुपमा प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश गर्ने अनौपचारिक समझदारी गरेका छन् ।

अझै पनि नामको विषयमा फरकफरक धारणाहरु आएकाकारण सहमतिको अन्तिम प्रयास भैरहेको बताइएको छ । अझै पनि दलहरुबीच कोसी या किराँत भन्ने विषयमा अन्तिम सहमति हुन बाँकी छ । यद्यपी अन्तिममा कोसीमा सहमति जुट्ने दाबी गरिएको छ । दलहरुबीच औपचारिक सहमति भए आजै नामको विषय टेबल हुने बताइएको छ ।’

यसअघिकै कार्यकालमा बाँकी ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५७ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको