२ पुस २०८२, बुधबार | December 17, 2025

परिवार पाल्न खोला किनारमै बास



जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उनले घरपरिवार, छोेराछोरीको खर्च टार्नका लागि सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो ।

राजगारीको कुनै माध्यम नभएपछि गन्धभ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आएका छन । उनले भने, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्ने गरेको छु । माछा मारेर भार्ममा बिक्री गर्दैआएको छु । यसकै आम्दानीले घरखर्च चलाउने गरेको छु । म र श्रीमती माछा माछौँ, छोराले बिक्री गर्छ ।”

खोला किनारमा बस्नु आफ्नो रहर नभइ बाध्यता भएको गन्धर्भ बताउछन । “नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु । खेतीपाती गर्न जग्गा-जमिन छैन”, उनले भने ।

गन्धर्भ जस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाइ आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताए । अहिलेसम्म नागरिकतासमेत नभएको यो परिवारसित एक टुक्रा जमिन छैन । वर्षौँदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका बादी समुदायलाई सधैँ के खाने र के लगाउने भन्ने कुराले मात्र सताउने गरेको छ ।

माछा मारेरै जीविकोपार्जन गर्दैआएका श्याम बादी स्थानीय, प्रदेश र सङ्घीय सरकारसित जग्गा उपलब्ध गराउन माग गर्छन । गाउँपालिकामा जग्गाका लागि धेरैपटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ । जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन । “जग्गा नहुँदा घर बनाउन सकिएन”, स्थानीय प्रमिला बादीले भनिन । चालिसभन्दा बढी परिवारसिन जग्गा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ०५ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन