२० मंसिर २०८२, शनिबार | December 6, 2025

किसानलाई किवी भण्डारणको समस्या



डडेल्धुरा । डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ । किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया सहज बनाउन, शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, दृष्टि बढाउन, क्यान्सर रोग निको पार्नलगायतमा उपभोगी मानिएको छ ।

अमरगढी नगरपालिका-१ दहका गणेशबहादुर ऐरले रु ३० लाखको लगानीमा १० रोपनीमा किवीखेती गर्दैआएका छन । वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउछन । पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौंसम्म बिक्री भइरहेको छ । तर किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको छ । भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन् ।

जिल्लामा एउटा मात्र शीतभण्डार छ । त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ । शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ । डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो रु पाँच सय रहेको छ । अहिले रु दुई सय ५० देखि रु तीन सयसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए । “किवीका उपभोक्ता बढेका छन्, घरमै किन्न आउने भएकाले यसको उत्पादनतर्फ अरु किसान आकर्षित भएका छन्”, उनले भने ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ३६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय