२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘चालकले आफ्नो परिवारको फोटो गाडीमा राखेर हिँडे दुर्घटना कम हुने’



बुटवल । सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुसास सम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो ।

नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले गाडी चालकले आफ्नो परिवारको फोटो गाडीमा राखेर हिँडे दुर्घटना कम हुने बताउँदै ओभरलोड बोकेर नहिँड्न चालकलाई आग्रह गरे ।

गाडी चालकले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउँने गरी सवारी चलाउनु पर्ने बताउँदै ट्रक पार्किङ्ग गर्दा सडक भन्दा १० फिट टाढा गएर रोक्नु पर्ने लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताए ।

रुपन्देहीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १ सय २२ जनाको ज्यान गएको र चालु आर्थिक वर्षमा ६२ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकार राज पन्तले बताए ।

प्रशिक्षण कार्यक्रममा १ सय ५० बढी चालकलाई प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : २० बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ