७ आश्विन २०८३, बुधबार | September 23, 2026

सूर्यमुखीको व्यावसायिक खेती



भरतपुर । चितवनको भरतपुरमा व्यावसायिकरुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो ।

जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि सहकार्य भएकाले पौने तीन बिघामा सूर्यमुखी र बाँकीमा तोरी खेती गरिएको छ । जसमा ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए ।

दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यो वर्षबाट पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको उनको भनाइ छ । “मैले २०३२ सालमा जिल्लामा ५० ग्राम गाँजर खेतीबाट कृषि सुरु गरेको हो । चितवन पछिल्लो समय गाँजर उत्पादनको व्यापक क्षेत्र पनि भयो तर, हाल यसको उत्पादन धेरै हुँदा बजार मूल्य नपाउने र लगानी पनि धेरै लाग्ने भएकाले मैले गाँजरको विकल्प दिन सक्ने नगदे बालीको रुपमा तेलन बाली लगाएको हुँ ।” उनले भने ।

सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले लगानी गर्न नसक्ने किसानले पनि यो खेती गर्न सकिने उनले बताए । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीले जानकारी दिए । “पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न र खेतीबाली हेर्न पर्यटक आउन थालेका छन् र उनीहरु यहाँ आउँदा आनन्द महसुस गर्छन्”, उनले भने ।

अहिले यहाँ मह उत्पादनको लागि ६०/६५ मौरीको घार पनि राखिएको छ । जसको कारण मह पनि राम्रो उत्पादन हुने उनले बताए । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिए । उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताए । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : ५५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज