२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ उद्योग वाणिज्य संघ : २८ पदकाे लागि ४६ जनाकाे उम्मेदवारी



बुटवल । आगामी २० फागुनमा हुने सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ४६ जनाले उम्मेदवारी दिएका छन । संघको ६४ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका हुन् । ११ फागुनदेखि सुरु भएको निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदमा २ जनाले मनोनयन पत्र दाखिला गरी दर्ता  गरेका छ्न । वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।  नयाँ नेतृत्वका लागि दुईवटा प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य  र अरुण गोयन्का, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलीप कुमार कान्दु,कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवालको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए ।  ।

महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी, कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठ,  सचिवमा  धर्मबिर शर्मा र मंगल भण्डारी सह कोषाध्यक्षमा संजय कुमार बेरिवालको उम्मेदवारी परेको छ । कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र  विकास कुमार गोयनका,  बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र  प्रितम रौनीयार,  वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

यस्तै खुला उद्योग सदस्यमा ५ पदको लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल,  रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुको उम्मेदवार छ ।  खुला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी,  दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी परेको निर्वाचन अधिकृत गौडेलले जानकारी दिए ।

रूपन्देही जिल्ला कार्यक्षेत्र रहेको संघमा २ हजार २ सय २८ सदस्य रहेका छन भने यस पटका २ हजार १ सय ९३ जनालाइ मात्रै मताधिकार रहेको छ । ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : ०४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय