७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या



खजुरा । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन् । हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन ।

नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय देखेर बाँकेको डुडुवा गाउँपलिका-४ का भोला गुप्ताले रिक्सा रोके । तर शौचालय बन्द देखेपछि उनी फर्किए । अरु पनि यसैगरी आउने र फर्किने गरेका स्थानीय वासुदेव पन्तले बताए ।

स्वचालित शौचालयमा आफैँ सफा हुने प्रविधि जडान गरिएको छ । विजुली नभए पनि सोलारबाट चल्ने र प्रविधिमा समस्या आए व्यक्ति आफैले सफाइ गर्न सक्थे । महिला र पुरुष गरी आठ कोठाको शौचालय सञ्चालनको छ महिना नपुग्दै अस्तव्यस्त बनेको छ । सार्वजनिक शौचालय नहुँदा खाजा नास्ताको बहानामा होटेल रेष्टुराँ धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज आएका दाङका कुमार डिसी बताउछन ।

धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको छ । “लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ”, नेपालगञ्ज उमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले भने, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।”

स्वचालित शौचालयमा समय समयमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव छ । त्यसैले शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले एशियाली विकास बैंक (एडीबी)को सहयोगमा रु ५९ लाखमा चार घुम्ती शौचालय २०७५ सालमा ल्याएको हो । नेपालगञ्जका मुख्य चोक तथा बजार साघुरिएकाले स्थान अभावका कारण घुम्ती शौचालयको व्यवस्थापन गर्न सकिएको छैन । उनले भने, “हामीले नगरका विभिन्न स्थानमा घुम्ती शौचालय राख्यो, त्यसपछि स्थानीयद्वारा नै विरोध भएपछि त्यसलाई अहिले थन्काएका छौँ, मुख्य समस्या अहिले स्थानको छ ।”

नेपालगञ्ज बजारमा भेरी अस्पताल, जिल्ला सहकारी सङ्घ, नगरभवन, रानीतलाउ तरकारी मण्डी, महेन्द्रपार्क, बागेश्वरी मन्दिरलगायतका ठाउँमा गरी करिब एक दर्जन बढी सार्वजनिक शौचालय रहेका छन् तर तीमध्ये अधिकांश शौचालय व्यवस्थापनको अभावमा प्रयोगविहीन छन् । नेपालगञ्जको मुख्य चोक सुर्खेतरोड र घरबारीटोल तथा खजुरारोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुने गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज