३ माघ २०८१, बिहिबार | January 16, 2025

राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमालेका नेताहरू रास्वपा कार्यालयमा



काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् ।

रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।

नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।

यसअघि बिहीबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई एमाले नेताहरुले भेटेर मत मागेका थिए ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  २ : १८ बजे

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन – सातामा २ दिन पार्टी कार्यालय पुग्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै

लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता