७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपप्रधानमन्त्री श्रेष्ठद्वारा कमलविनायक–नगरकोट सडकको अनुगमन



भक्तपुर । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार भक्तपुरको सडकको अनुगमन गरेका छन् । भक्तपुरको सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका हुन् ।

अनुगममको क्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको पनि सहभागिता थियो । सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो ।

सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भए पनि नौ वर्षसम्म पनि नभएपछि मन्त्री श्रेष्ठ सडक अनुगमनमा आइपुगेका हुन् ।

सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो । सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  २ : २७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज