७ पुस २०८२, सोमबार | December 22, 2025

आठ दलका शीर्ष नेताद्वारा संघीय संसदका सांसदहरुलाई प्रशिक्षण

राष्ट्रपति निर्वाचनमा भोट क्रस र बदर हुन नदिने रणनीति



काठमाडौ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलका शीर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौंको तीनकुनेस्थित एक ब्यान्क्वेटमा सांसदहरूलाई प्रशिक्षण दिइएको हो।

शीर्ष नेताहरुले संघीय संसदअतर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा प्रचण्ड, देउवासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायत नेता रहेका छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसदहरुबाट भोट क्रस नहोस र भोट बदर नहोस भन्ने उद्देश्यले आठ दलको बैठकले अभिमुखिकार्यक्रम गर्ने निर्णय गरेको थियो ।

आजै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले सबै सांसदहरुलाई पत्र लेखेर आफुलाई भोट दिन आग्रह गरेका छन् ।
आठ दलले २१ गते प्रदेशका सांसदहरुलाई अभिमुखिकरण प्रशिक्षण दिने कार्यक्रम राखेको छ ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ०८ बजे

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा