४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाललाई यूएईको मध्यम लक्ष्य, सन्दीपले लिए तीन विकेट



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई सिरिजमा नेपालले युएईबाट २०८ रनको मध्यम लक्ष्य पाएको छ । ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो ।

युएईका लागि सबैभन्दा धेरै आसिफ खानले ७२ रनको योगदान गरे । सन्दीप लामिछानेको बलमा क्याचआउट हुनुअघि उनले ९९ बल खेलेर ७२ रन बनाएका हुन् ।

उनीपछि रोहन मुस्तफाले ७५ बलमा अविजित ५१ रन बनाएर युएईलाई उकासे । आर्यन लार्का २८ रन, चुन्दनग्यापी रिजवान २२ रन, व्रित्या अरविन्द १८, अलिसान शरफु २ रन बनाएर आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन् । यसैगरी करण केसीले एक विकेट, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको