४ पुस २०८२, शुक्रबार | December 20, 2025

यूएईमाथि जित निकाल्दै नेपाल यू-१९ विश्वकपमा



काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।

नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँच विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई-दुई विकेट लिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ६ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको