१६ असार २०८३, मंगलबार | June 30, 2026

आजबाट सहिद स्मारक लिग : पहिलाे खेल फ्रेण्ड्स र खुमलटारबिच



काठमाडौं । आजबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुदैँछ । शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे लिग सुरु गर्नेछ ।

लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको सहभागिता रहनेछ ।

लिग डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन् ।

लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ । खेलहरू स्पेस फाेर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् ।

गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजवाट खेल सुरु हुन लागेको हो ।

लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब,  त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिम बिच एसपटक भिडन्त हुनेछ  ।

एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यस अघि नै गरे अनुसार क्लबले अनुदान पाइसेका छ ।

 

यसपटक लिगको बिजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ०८ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री