१ चैत्र २०८२, आइतबार | March 15, 2026

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’



पोखरा । आठ राजनीतिक दलका नेताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरामा आज आयोजित गण्डकी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिँदै नेताहरुले राष्ट्रपतिले सबै जनताको अभिभावक बनि निस्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएको व्यक्तित्व भएको दाबी समेत गरे ।

कार्यक्रमका वक्ताहरूले आसन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपति पदमा विजयी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सातदशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत वरिष्ठ नेता पौडेल नेपाली राजनीतिको अभिभावकीय व्यक्तित्व भएकाले उनलाई आठ दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइएको बताए । राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमतिको प्रयास गरिएपनि त्यो सम्भव हुन नसकेको बताउँदै उनले आठ दलबीच सहमति भएर उम्मदेवारी प्रस्तुत गरेको जिकिर गरे । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि पनि दलहरूबीचको यो एकता प्राप्त उपलब्धिको रक्षा, मुलुकको स्थिरता र स्थायित्व कायम गर्नका लागि निरन्तर कायम रहेन उनको भनाइ थियो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले यो गठबन्धन केबल निर्वाचनमा मतदानका लागि मात्र नभई देशको समस्यालाई समाधान गर्दै अघि बढ्नका लागि भएको बताए। उनले आठ दलीय गठबन्धनमा अन्य दल पनि थपिने सम्भावना रहेको बताए । नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउन प्रदेशका गठबन्धनमा रहेका दलहरू सबै प्रतिबद्ध भएको बताए ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले राष्ट्रपतिका उम्मेदवार पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित व्यक्तित्व एवं अभिभावक भएको बताए ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले निर्वाचनपछि केही समय अलमलजस्तो बनेको देशको राजनीति अहिले प्राकृतिक बाटोमा अघि बढेको बताए । आठ दलका साझा उम्मेदवार पौडेललाई अत्यधिक मतसहित विजयी गराउन दलहरू एकताबद्ध भई अघि बढ्ने उनको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले लामो समयदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका पौडेलको उम्मेदवारी गण्डकी प्रदेशका लागि पनि गौरवको विषय भएको बताए।

कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलका प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ०७ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च