२७ असार २०८३, शनिबार | July 11, 2026

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न परिचयपत्र अनिवार्य



काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताले मतदान गर्न परिचय पत्र अनिवार्य बोक्नु पर्ने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै मतदाताहरुलाई परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने जनाएको छ ।

आयोगले जारी गरेको सूचना अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेकाहरुले मतदान गर्नुपर्ने कानुनी व्यवस्था अनुसार दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले मात्र मतदान गर्न पाउने छन् ।

मतदान गर्न जाँदा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानु पर्ने आयोगले जनाएको छ । उल्लेखित परिचय खुल्ने प्रमाणपत्र नभएकाहरुले मतदान गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन हुने गरि आयोगले निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ११ : १० बजे

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश