२८ बैशाख २०८३, सोमबार | May 11, 2026

सिद्धार्थ उद्योग वाणिज्य संघ चुनावः ८३.३५ प्रतिशत मत खस्याे, मतगणना ९ बजेबाट



बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ  । आज बिहान ८ बजेबाट सुरु भएको मतदानको लागि २ हजार १ सय ९३ मतदाता रहेकोमा १ हजार ८ सय २८ मतदाताले मतदान गरेका हुन् ।

२९ पदका लागि भएको निर्वाचनमा ४६ जनाले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डे छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । साढे ६ बजे सम्म भएको मतदानको मतगणना भने शनिबार राती ९ बजेबाट नै गर्ने उम्मेदवारसँगको बैठकले निर्णय गरेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य  र अरुण गोयन्का, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरि बहादुर थापा र दिलिप कुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवालको उम्मेदवारी रहेको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए ।

महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी, कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठ,  सचिवमा  धर्मबिर शर्मा र मंगल भण्डारी सह कोषाध्यक्षमा संजय कुमार बेरिवालको उम्मेदवारी रहेको थियो । कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र  विकास कुमार गोयनका,  वस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र  प्रितम रौनीयार,  वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी रहेको थियो ।

यस्तै खुल्ला उद्योग सदस्यमा ५ पदको लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुको उम्मेदवारी रहेको थियो । खुल्ला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी,  दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी रहेको निर्वाचन अधिकृत गौडेलले जानकारी दिए ।

उम्मेदवारी दिएका मध्ये कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरिवाल, वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : ३९ बजे

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा