२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘विश्वविद्यालय थप्ने नभई गुणस्तरीयतामा ध्यान दिनुपर्छ’



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय प्राध्यापक संघको राष्ट्रिय अधिवेशन लुम्बिनीमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले विश्वविद्यालयको संख्या वृद्धि नभई गुणस्तरीय विकास ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले नयाँ विश्वविद्यालय खोल्ने नभई भएका विश्वविद्यालयलाई गुणस्तरीय बनाउनुपर्ने बताए । हाल रहेका विश्वविद्यालयमा विद्यार्थी अभाव रहीरहेका बेला नयाँ विश्वविद्यालय खुल्दै जाँदा त्यसले झन विकराल समस्या निम्तिने उनले बताए । ‘सञ्चालनमा रहेका विश्वविद्यालयको गुणस्तरियता मापनका आधारमा मूल्याङ्कन र रेखाङ्कन हुनुपर्छ, उनले भने,–‘विद्यार्थी अभाव झेलिरहेको अवस्थामा नया उस्तै शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि विश्वविद्यालय जरुरी छैन ।’

विश्वविद्यालयबाट उत्पादन भएको जनशक्ति खपत हुन नसकिरहेको अवस्थामा त्यसको जिम्मेवारीबोध प्राध्यापक तथा पदाधिकारीहरु लिनुपर्ने उनले औल्याए । उच्च शिक्षा सुधारका सन्दर्भमा प्राध्यापक संघले विशेष अभियान चलाउनुपर्ने तथा विश्वविद्यालयको नियमन गर्ने अनुदान आयोगलाई सशक्त बनाउनुपर्ने उनले बताए । अवको मिसन भनेको दक्ष जनशक्ति उत्पादनलाई बनाउनुपर्ने भन्दै उनले अनुसन्धानमा क्रियाशिल व्यक्तिहरु प्रतिष्पर्धाबाट विश्वविद्यालय प्रवेश हुनुपर्ने बताए ।

त्यस्तै नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. रमेश प्रसाद जोशीले लोकतन्त्र प्राप्तिका आन्दोलनमा अग्र मोर्चामा संघले काम गरेको भन्दै अहिले क्षमता विकासका काममा क्रियाशिल रहेको बताए । ‘हामीले अहिले प्राज्ञिक विकासका काम थालेका छौं, अध्ययन अनुसन्धानमा जोड गरिएको छ,’ उनले भने ।

मुलुकमा प्राध्याापकहरुको अवमूल्यन गरिने गरेको भन्दै उनले बौद्धिक जमातलाई अग्रभागमा सम्मान नदिने हो भने मूलुक बन्न नसक्ने उनले बताए । उनले प्राध्यापक संघ विश्वविद्यालयसंग वादविवाद, संघर्ष गर्नका लागि नभई प्राज्ञिक उन्नयन तथा पदाधिकारीका लागि सुझाव दिनका लागि रहेको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. हरिशरण चँखूले बुद्धले निर्माण गरेको संघ जस्तै प्राज्ञिक विकासमा प्राध्यापक संघले काम गर्नुपर्ने बताए ।

त्यस्तै लुबौविका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले बौद्ध विश्वविद्यालयलाई बौद्ध भावनाको माध्यमबाट विशिष्टकृत बनाउन प्राध्यापक संघले काम गर्नुपर्ने बताए । त्यस्तै सिटी क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपानेले गुणस्तरीय शिक्षण, व्यक्तित्व विकासमा संघले काम गनुपर्ने सुझाव दिए । त्यस्तै केन्द्रीय क्याम्पस प्रमुख निरबहादुर गुरुङले प्राज्ञिक विकासलाई पहिलो एजेण्डा बनाएर हिड्दा संघको अभियान सफल हुने बताए । सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेलले प्राध्यापकहरुलाई अध्ययन, अनुसन्धानमा सक्रिय बनाउदै लैजाने काम थाल्न जरुरी रहेको बताइन् । लुम्बिनी बौद्ध विश्वविद्यालय प्रशासन शाखा प्रमुख चुरामणि पोखरेलले गुणस्तरीय शिक्षण, दक्ष जनशक्ति उत्पादन तथा विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा प्राध्यापकहरुले जोड दिनुपर्ने बताए ।

लुवौवि प्राध्यापक संघ तदर्थ समितिका संयोजक बलबहादुर पाण्डेले विश्वविद्यालयको प्राज्ञिक विकास तथा प्राध्यापकहरुको हक हितका लागि संघ स्थापना गरिएको बताए ।

प्राध्यापक संघमा नयाँ नेतृत्व
लुबौवि प्राध्यापक संघको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय समितिको अध्यक्षमा गुणाखर गैरे, उपाध्यक्षमा डा. दीपक आचार्य, महासचिवमा मेघनाथ खनाल, कोषाध्यक्षमा अन्जु खनाल निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा डा. निमा शेर्पा, कविर शाक्य, भोगेन्द्र यादव निर्वाचित भए ।

त्यस्तै केन्द्रीय क्याम्पस इकाई समितिको अध्यक्षमा सिरी बजिर स्थविर, उपाध्यक्षमा फुर्वा शेर्पा र सचिवमा मञ्जिल सुवेदी निर्बिरोध चयन भएका छन् । त्यस्तै सदस्यमा हिसे दोर्जे लामा र भिमबहादुर कुवंर निर्वाचित भए ।

त्यस्तै सिटी क्याम्पस इकाइ समितिको अध्यक्षमा मोहनलाल भण्डारी, उपाध्यक्षमा दयाराम भण्डारी, सचिवमा शान्त पन्त भट्ट, सदस्यहरुमा कमल मरासिनी, रमेश यादव र अरुण सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै नेपाल प्राध्यापक संघको अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिमा बद्री शर्मा गौतम, बलबहादुर पाण्डे, दयाराम गौतम र कुमार खड्का चयन भएका छन् ।

०७८ फागूनमा बलबहादुर पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन भएको थियो । तदर्थ समितिले निर्वाचनका लागि परीक्षा नियन्त्रक इन्द्र काफ्लेको संयोजकत्वमा डा. शारदा पौडेल र चुरामणि पोखरेल सदस्य रहेको निर्वाचन समिति बनाएको थियो ।

पहिलो अधिवेशन तदर्थ समितिका संयोजक बलबहादुर पाण्डेको अध्यक्षता, सदस्य अञ्जु खनालको स्वागत तथा सदस्य मेघनाथ खनालको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले संघको विधान सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ०८ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ